पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेका झापा दमकका अशोक दर्जी अहिले गीत रेकर्डका लागि काठमाडौं आएका छन् । उनले पहिलो गीत रेकर्डिङ गराएका छन्। सानो उमेरमा जादुमाया स्वर रहेका कारण उनी अहिले निक्कै चर्चामा रहेका छन्।
उनको प्रतिभा कै कारण उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको छ । उनी स्कुल पनि जान थालिसकेका छन् । उनको स्कुलको पहिलो दिनमा सम्पूर्ण स्कुल परिवारले उनलाई राम्रो स्वागत गरेको थियो।
उनले आफ्नो पहिलो गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराएका छन्। दर्जीको पहिलो गीत “मन बिनाको धन ठुलो कि धन बिना को मन” बोलको रहेको छ भने उनले काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा रेकर्डिङ्ग गराएका छन् ।
Comments are closed.