Nepal's First Video FM

कलेज पढ्ने उमेरमा ट्याम्पो चलाएरै दिन बिताउने यी ट्याम्पोवाली युवतीको कथा (हेर्नुस् भिडियो)

704

वैशाख १९, सुन्धारा, नयाबानेश्वर रुट ट्याम्पो चलाउने २१ वर्षिया युवतीको नाम हो रविना गौतम । उनको स्थायी घर काभ्रेको पनौती हो । काभ्रेको एक सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी उनी काठमाडौं छिरेको ६ बर्ष बित्यो ।

कक्षा ११ र १२ को परिक्षामा राम्रो अंक नआएपछि जागिरका लागि काठमाडौं छिरेकी गौतमको अहिलेको दैनिकी ट्याम्पो चलाएर बितेको छ । कलेज पढ्ने साथीभाईहरुसँग मोज मस्ती गर्ने उमेरमा ट्याम्पो चलाउने उनको रहर त कहाँ होर ? अनि बाध्यताले पनि उनलाई ट्याम्पो चालक बनाएको होइन ।

उनी भन्छिन्-‘आफै कमाएर खान,लगाउन पुगोस् भन्ने सोचले ट्याम्पो चालकका रुपमा स्थापित गरायो । जागिरका लागि काठमाडौंको २/४ ठाउँमा गए तर ८/१० हजार तलब मलाई चित्त बुजेन । आखिर पैसा नै कमाउन त आफै व्यवसाय खोल्नु पर्छ लाग्यो र ट्याम्पो चलाउन थाले ।’

नयाबानेश्वरमा आफ्ना दिदी र दाईसँग बस्ने गौतमले सुन्धारा, नयाबानेश्वर रुटमा ट्याम्पो चलाउन थालेको १ बर्ष भयो । नयाबानेश्वरकै एक ड्राईभिङ सेन्टरमा ट्याम्पो सिक्न थालिन तर, ट्याम्पो सिक्न गौतमलाई १ महिना भन्दा धेरै समय लागेन । हेर्नुस् केन्द्रबिन्दु टिभीले लिएको उनको पुरा भिडियो;

 

You might also like

Comments are closed.