रोकिएन भारतियको ज्यादती , फेरी माहाकालीमा भारतियहरुले नेपाल प्रहरी र स्थानियलाई कुटे! हेर्नुहोस भीडीयो सहित
बुधबार बेलुका भारतियले माहाकालीका स्थानिय साथै नेपाल प्रहरीलाई कुटपीट गरेका छन् । यसरी नेपाली भुमीमा आएर प्रहरीलाई समेत कुटपीट हुन थाले पछि स्थानीय त्रसित भएका छन् । कुटपीटको घटनाको थप बिवरण आउन बाकीनै रहेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादति रोक्ने नेपाल सरकारले कुनै कदम नचाले एसएसबीको प्रतिवाद गर्ने कञ्चनपुरबासीले चेतावनी दिएका छन् । जंगली जनावरको आक्रमण रोक्न भारतीय पक्षसँगको सहमति लिएरै लगाइएको तारबार एसएसबीले उखेलेर फालेपछि पुनर्वास नगरपालिकामा तनाव बढेको हो । टोल–टोलमा माउन्टेन कार्यक्रममा बोल्ने स्थानीयले बेलैमा सरकारले यो विवाद हल गर्न नसके यसले अप्रिय मोड लिने चेतावनी समेत दिएका छन् ।
भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । यो विवाद अहिलेको मात्र होइन बर्षौ देखि भारतको मिचाहा प्रवृतिका कारण सीमा क्षेत्रका नेपालीले सास्ती बेहोरिरहेका छन् ।
पछिल्लो समय कञ्जनपुरको पुर्नवासस्थित १ सय ९५ सीमा स्तम्भ नजिक भारतीय पक्षसँगको सहमति मै नेपालीले निर्माण गरेको विद्युतीय तारबार भारतीय सीमा सुरक्षाबलले उखेलेर फ्याँकेको छ । योसँगै दुई देशबीचको सीमा विवाद फेरि चर्किएको छ ।
नेपाल र भारतबीचको सीमा विवादको इतिहास लामो छ । सीमा विवाद समाधानका लागि बेलाबखत पहल भएपनि समाधान हुन भने सकेको छैन । पछिल्लो समय भारतीय पक्षसँगको सहमतिअनुसार नेपाली पक्षले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक करिब ६ लाख रुपैयाँ खर्चेर जडान गरिएको विद्युतीय तार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उखेलेर फ्याकेपछि तनाव श्रृजना भएको छ ।
त्यतीमात्र होइन एसएसबीले विवादित क्षेत्रको अनुगमनका लागि गएका नेपाली जनप्रतिनिधिलाई डेढ घण्टासम्म रोक्यो । जसको कारण २०० नम्बर पिलर कहाँ हो भन्ने विवाद नै हो । भारतले यो पिल्लर नेपालको पुनर्वास रहेको दाबी गरीरहेको छ भने नेपालले भारतको कारगिल भन्दा दक्षिणमा रहेको दाबी गरेको छ ।
पुर्नबासमा मात्र होइन भारतसँग सीमा जोडिएका २६ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । भारतसँगको १ हजार ८ सय ८० किलोमिटर सीमा क्षेत्रमा भारतले ६० हजार ६ सय ६२ हेक्टर जमिन अतिक्रमण गरेको जानकारहरुको भनाइ छ ।
भारतले दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित लिपु लेक र लिम्पियाधुरामा मात्र ३७ हजार हेक्टर भूमी अतिक्रमण गरेको छ । यस क्षेत्रमा भारत र चीनले सन् २०१५ मे १५ मा नेपालको सहमतिविना नेपाली भूमी अतिक्रमण हुनेगरी सम्झौता गरेपनि सरकारले आफ्नो स्पष्ट धारणा राख्न सकेको छैन ।
यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशन्न नेपाल भ्रमणका क्रममा राख्नुपर्ने सीमाविद्हरुको भनाइ छ । त्यस्तै भारतले नवलपरासीको सुस्ता क्षेत्रमा पनि धेरै भूमी अतिक्रमण गरेको छ ।
साविकको सुस्ता गाउँपालिकाको ९ ओटा वडा मध्ये हाल एउटा वडा मात्र बाँकी छ । अधिकांश सीमा क्षेत्रमा भारतले नेपाली भूमी अतिक्रमण गरेपनि समस्या समाधानका लागि ठोस पहल हुन सकेको छैन ।
Comments are closed.