Nepal's First Video FM

गैंडाको खागसहित ४ जना पक्राउ

618

वैशाख २०, रुपन्देहीमा गैंडाको खागसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा वालिङका ३५ वर्षीय सुन्दर श्रेष्ठ, गल्याङका २७ वर्षीय सन्दीप बराल, वालिङकै ३० वर्षीय विजयविक्रम खाण र वाग्लुङ बरेङका २९ वर्षीय ऋषिराम न्यौपाने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ६ सय ३० ग्राम गैंडाको खाग बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।

उज्यालाे बाट

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.