Nepal's First Video FM

तपाईंको माक्सले कति प्रदूषण रोक्छ ?

821

माघ ९, काठमाडौँ उपत्यकाको अहिलेको अवस्था हेर्ने हो भने रुपरङ नै फेरिएको छ । धुवाँधुलोले मानव स्वास्थ्यमा गम्भीर समस्या पारिरहेको छ । उत्यकाबासीका लागि वायुप्रदूषणबाट बच्ने मुख्य उपाए भनेको मास्क प्रयोग गर्नु नै हो ।

योभन्दा अन्य विकल्प पनि त छैन हामीसँग । धूलो धुवाँ झन् काठमाडौँ उपत्यकाको अवस्था हेर्ने हो भने बाहिरी जिल्लाको भन्दा निकै दर्दनाक छ । वातावरण विभागका अनुसार मानिसलाई सबैभन्दा धेरै असर पीएम २.५ धुलोको कणले असर हुने बताएको छ । दैनिकको व्यस्तताको कारण धुवाँधुलोबाट बच्नका लागि मास्क प्रयोग गर्नेहरुको सङ्ख्या धेरै रहेको छ ।

अर्थात मास्क प्रयोग गर्दा धुलोबाट सजिलै बच्न सकिन्छ भन्ने हाम्रो सोचाइ रहेको छ । हामीले दैनिक प्रयोग गर्ने कपडाको मास्कले के साँचै मानिसलाई धुलोबाट बचाउँछ त ? भनेर स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. खेम कार्कीलाई सोधेका थियाँै ।

डा. कार्की भन्नुहुन्छ– हामीले प्रयोग गर्दै आइरहेको कपडाको माक्सले मानव स्वास्थ्यका लागि कुनै पनि फाइदा नहुने बताउँछन् । नेपालमा सबैभन्दा धेरै प्रयोग गर्ने भनेको कपडाको माक्स नै हो । प्रयोग गर्नेको सङ्ख्या बढी भए पनि मानव स्वास्थ्यमा यो मास्कले केही पनि फाइदा नहुने डा. कार्कीको भनाइ छ । हाम्रो नाकको प्वाँलमा रहेको झिल्लीले नै धुलोछान्ने हुँदा कपडाको माक्सको काम छैन ।  कपडाको माक्स बिनाअनुसन्धान, बिनाजानकारी उत्पादन गरिएको हुँदा मानव शरीरलाई असर गर्ने पीएम २.५ धुलो सजिलै छिर्छन् ।

कपडाको मास्ले हावा हुरीबाट आउने ठूला धुलोको कणबाट जोगाउन सके पनि मानव स्वास्थ्यमा असर गर्ने साना धुलोको कणलाई जोगाउने कुनै पनि माध्ययम नभएको हुँदा कपडाको मास्क प्रयोग गर्न उचित भएको डा. कार्की बताउँछन् ।

मास्क प्रयोग गरेको छु भन्दै मानिस झन् निर्धक्क साथ धूलोमा हिँड्ने हँुदा मास्क प्रयोग नगर्ने भन्दा कपडाको मास्क प्रयोग गर्ने मानिसको स्वास्थ्यमा बढी समस्या हुने उनले बताए ।
पीएम २.५ धुलोको कण हाम्रो कपालभन्दा पनि ७० गुण मसिनो हुन्छ । हँुदा कपडाको मास्कले मानव स्वास्थ्यमा कुनै पनि फाइदा नहुने डा. कार्कीको भनाइ रहेको  छ ।

पेपरको माक्स नि ?
यस्तै कपडाको मास्कभन्दा पेपर मास्क मानव स्वास्थ्यको लागि राम्रो मानिन्छ । प्रयोग गर्नेको सङ्ख्या   कम भए पनि पेपरको माक्स प्रयोग गर्दा मानव स्वास्थ्यमा फाइदा नै हुन्छ । पेपर मास्क विशेषतः मानव स्वास्थ्यलाई माध्यनजर गरेरै उत्पादन गरिएको हो । यो माक्स प्रयोग गर्नेको सङ्ख्या केही मात्रमा बढे पनि यसको अवधि भनेको २ देखि ४ घण्टासम्म मात्रै प्रयोग गर्न मिल्ने डाक्टर कार्की बताउँछन् ।

यो मास्क पीएम २.५ धुलोको कणलाई मध्यनजर गरी उत्पादन गरिएको हो । तर यो मास्क एक पटक प्रयोग गरेपछि अर्काे पटक प्रयोग गर्न मिल्दैन । पेपरको मास्क प्रयोग गरेको २ देखि ४ घण्टासम्म मात्रै प्रयोग गर्न उचित हुने, मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

यस्तो मास्क प्रयोग गर्दा राम्रो 
मास्कनै प्रयोग गर्ने हो भने स्वास्थ्यको हिसाबमा एन५ र एन९५ मास्क उपयुक्त ठानिन्छ । मानव स्वास्थ्यका लागि हानिकारक रहेको धुलोको कण २.५ पीएम तथा अन्य धेरै स्वास्थ्यको विषयमा अनुसन्धान गरेर उत्पादन गरिएको माक्स हो । कपडा र पेपरको मास्क प्रयोग गर्ने सङ्ख्याभन्दा यो मास्क प्रयोग गर्नेको सङ्ख्या औँलामा गन्ने मात्रामा रहेको छ । विशेषतः स्वास्थ्य अनुसन्धान, अप्रेसन वार्डमा खटिने चिकित्सकहरुले मात्रै लगाउने गरेका छन् । यो मास्क अहिलेसम्म सर्वसाधरणको पहुँचमा पुग्न सकेको छैन । अन्य माक्सको हिसाबमा हेर्ने हो भने एन५ र एन९५ मास्क निकै महँगो पर्नजान्छ ।

हामीले प्रयोग गर्ने भनेको ५ देखि १० रुपियाँ पर्ने पेपरमाक्स, २० रुपियाँदेखि पाइने कपडाको माक्स प्रयोग गर्दै आइरहेका छौँ । स्वास्थ्यको हिसाबमा राम्रो भए पनि यो मूल्य अनुसार एन५ र एन९५ मास्क निकै महँगो हुन्छ । डा. कार्कीका अनुसार एक थानलाई नै १ देखि २ सयसम्म पर्ने जान्छ । एन५ र एन९५ माक्स पनि पेपरबाट नै बनेको हुन्छ ।  यो मास्क पनि एक दिनभन्दा बढी प्रयोग गर्न मिल्दैन । डा. कार्की भन्छन्– यी सबै कुरा हेर्ने हो भने वातावरण प्रदूषण कम गराउनेभन्दा अरु कुनै भरपर्दाे उपाय छैन ।

त्यसैले वातावरण स्वच्छ र सफा राख्न सकेको खण्डमा मानव स्वास्थ्यमा कम असर हुने देखिन्छ । २.५ पीएम धुलोको कणमा मानव शरीरलाई नोक्सान गर्ने कणहरु प्रशस्तै बसेका हुन्छन् । जुन धुलोको कणले गर्दा मानव स्वास्थ्यका महत्वपूर्ण अङ्ग मुटु, फोक्सोमा प्रत्यक्ष असर गर्ने चिकित्सकहरु बताउँछन् ।

डा. कार्की भन्छन्– यी सबै उपाय केही समयसम्मका लागि मात्रै हो । दीर्घकालीन उपाय भनेको वातावरण सफा राख्नु नै हो । उनी भन्छन्– अहिले उपत्यकामा बाटो तथा घर निर्माण भइरहेको छ तर त्यस्ता ठाउँबाट निस्कले धुलोधुवाँभन्दा सवारी साधनबाट निस्कने धुलोधुवाँ मानव स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ ।

काठमाडाँै उपत्यलाई सफा र स्वाच्छ बनाउने र सवारी साधनको सङ्ख्या उस्तै रहने हो भने प्रदूषणमा कमी नआउने उनले बताए । व्यस्त सडक भएको कारण उपत्यकमा कम गतिमा सवारी साधनहरु चल्ने गरेका छन् १ देखि २ नम्बरको गेरमा चल्ने अर्थात् कम गतिलमा चल्ने सवारीसाधनबाट निस्कने धूँवाले मानव स्वास्थ्यमा बढी असर हुन्छ ।

काठमाडौँ उपत्यका खाल्डोमा भएको हुँदा यहाँको प्रदूषण उडेर अन्यत्र जाने सम्भावना कम छ । त्यसैले मानव स्वास्थ्यमा खेलबाड नगर्ने हो भने सरकारले उत्यकाको सवारी साधनको सङ्ख्या घटाउनुपर्ने उनी बताउँछन् ।

You might also like

Comments are closed.