Nepal's First Video FM

उपमेयर घरेलु हिंसाको शिकार, श्रीमानबाट पिटिइन्

506

बैशाख २०, घरेलु हिंसामा परेकी गाेदावरी नगरपालिका नगरपालिका उपमेयर मुना अधिकारी मिलापत्र गरेर घर फर्किएकी छिन् । घरायसी विवाद हुँदा मंगलबार साँझ श्रीमान् ध्रुव कुँवरबाट कुटिएपछि श्रीमानविरुद्ध उजुरी दिएकी उनी बुधबार मिलापत्र गरेर फर्किएकी हुन् ।

उनले श्रीमानविरुद्ध उजुरी दिएपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले कुँवरलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत परिसरमा जिम्मा लगाएको थियो ।
बुधबार ललितपुर प्रहरी परिसरको महिला तथा बालबालिका सेवा केन्द्रमा छलफल भएको थियो। ललितपुर प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र चन्दले मिलापत्र गरेर अधिकारी दम्पत्ति फर्किसकेको जानकारी दिए।

स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक रहने उपप्रमुख समेत रहेकी अधिकारी श्रीमानबाट कुटिएकाे भन्दै अधिकारीले प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेकी थिइन्। अधिकारीको फोनपछि सातदोबाटो प्रहरी वृत्तको टोली टौखेल पुगेको थियो।

नयापेज बाट

You might also like

Comments are closed.