Nepal's First Video FM

गर्व पतन गर्न नमानेपछि काभ्रेमा आफ्नै ससुराले गरे बुहारीको हत्या

768

वैशाख २०, काभ्रे चौरी देउराली गाउँपालीका स्थित वडा नं ५ मा आफ्नै ससुराद्वारा बुहारीको हत्या भएको छ । घर परिवारको मिलेमतोमा ४ महिने गर्भवती बुहारीको हत्या गरि जंगलमा फालिएको थियो ।

यहि बैशाख १७ गते बुहारी बिपना ढकाललाई परिवारको सहयोगमा हत्या गरि नजिकैको जंगलमा फालिएको अबस्थामा भेट्टिएको थियो । गर्बवती बुहारीलाई बारम्बार गर्बपतन गर्न दबाद दिदै परिवारमा सधै जसो सामान्य झगडा हुने गर्दथियो ।

सोही कुरा गर्न नमानेपछि आफ्नै परिवारका सदस्यहरुको सहयोगमा बुहारीको हत्या भएको स्थानियहरुको भनाइ छ । किन र के भन्ने बारे अझै खुल्न सकेको छैन ।

You might also like

Comments are closed.