Nepal's First Video FM

सार्वजनिक बिदा कटौतीमा प्रचण्ड पनि असन्तुष्ट, भने-‘ओलीसँग कुरा गर्छु’

644

वैशाख २०, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कटौति भएका सार्वजनिक बिदा पुनरावलोकनको पहल गर्ने बताएका छन् ।

उनले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने बताए । आदिवासी जनजाति महासंघका प्रतिनिधिहरुसँगको भेटमा प्रचण्डले समुदायसँग छलफल नगरी विदा कटौती गर्दा समस्या आएको भन्दै पुनरावलोकनको पहल गर्ने बताएका हुन् ।

गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा कटौतीको निर्णय गरेको थियो । विदा पुनरावलोकनको पहल गरिदिन आग्रह गर्दै आदिवासी जनजाति नेताहरु बिहिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.