Nepal's First Video FM

अभिनयभन्दा अफेयरले बढी चर्चामा आउने नरगिसको ट्याटुले खोल्यो अर्को पोल !

976

एजेन्सी । बलिउड अभिनेत्री नरगिस फाखरी अभिनयभन्दा अफेयरका कारण चर्चामा आइरहन्छिन् । इम्तिजाय अलीको ‘रक स्टार’ फिल्मबाट बलिउडमा देखिएकी उनकोे हातमा पछिल्लो समय फिल्म परेको छैन । तर, वेला–वेलामा प्रेमी फेर्ने गरेको खबरले भने उनले चर्चा पाउने गरेकी छिन् ।

गत क्रिसमसमा नरगिसले हलिउड संगीतकार, निर्माता म्याट एलोनजोसँग इन्स्ट्राग्राममा फोटा सेयर गरेकी थिइन् । त्यसबाट उनले नयाँ प्रेमी भेटेको अनुमान गरिएको थियो ।

तर, अहिले आएर घुमाउरो पाराले उनले म्याट नै आफ्नो प्रेमी भएको खुलासा गरेकी छिन् । भारतीय अनलाइन मिडियाका अनुसार नरगिसले हालै सोसियल मिडियामा ट्याटुयुक्त एउटा तस्बिर पोस्ट गरिन् ।

जसमा उनले आफू र प्रेमी म्याटको नामको पहिलो अक्षर खोपाएको प्रस्ट देखिन्छ । त्यसबाट खुलासा भयो कि म्याट र नरगिस गहिरो प्रेममा छन् । नरगिसको यो प्रेम कति समय टिक्ने हो, त्यो भने अनुमान गर्न सकिँदैन । onlinetv nepal

You might also like

Comments are closed.