२१ माघ , त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गरेका छन् । डा. केसीविरुद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्चले पराजुलीको नागरिकताको प्रतिलिपीका साथै शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।
निवेदन दिनेहरुमा प्रा. डा. गोविन्द केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह, डा. शशीविक्रम कार्की, डा. प्रकाशचन्द्र परियार, डा. मनोजकुमार अधिकारी, प्रितम सुवेदी, सागर घिमिरेलगायत रहेका छन् ।
डा. केसीले उक्त सूचना प्राप्त गर्नका लागि आफू पटक-पटक उपस्थित हुन नसक्ने जनाउँदै उक्त कार्य गर्नका लागि निवेदकमध्यकै शशी विक्रम कार्कीलाई वारेसनामा दिएको बताएका छन् ।
Comments are closed, but trackbacks and pingbacks are open.