Nepal's First Video FM

‘बेबी आइ लभ यू’ को वियोगान्त गीत सार्वजनिक (भिडियोसहित)

685

फिल्म ‘बेबी आइ लभ यू’को ‘सायद तेरो मेरो’ बोलको वियोगान्त गीत रिलिज भएको छ । सार्वजनिक गीतमा सन्तोष खड्की र पूजा तिवारीको प्रेम भावलाई देखाएको छ । गीतमा नव नायक सन्तोषकै संगीत र स्वर छ ।

जनक पाण्डे निर्देशित फिल्ममा सन्तोष र पूजाका सँगै सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी, किरण के शर्मा, र कार्टुन क्रुजको अभिनय छ ।

शिव न्यौपानेले निर्माण गरेको फिल्ममा सहनिर्मातामा सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् । सन्तोषकै कथा रहेको सिनेमामा जनक पाण्डेको पटकथारसंवाद, सुजन बादलको सम्पादन छ । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.