Nepal's First Video FM

टेलिकमले ब्रम्हलुट गरिरहेको आरोप ! पढ्नुहोस

692

ओखलढुंगामा नेपाल टेलिकमको सेवाप्रति जनप्रतिनिधिहरुले आक्रोेश ब्यक्त गरेका छन् । बिहिबार भएको उपभोक्ता शिक्षा कार्यक्रममा विभिन्न गाँउपालिकाका जनप्रतिनिधिहरुले टेलिकमको सेवाप्रति आक्रोश व्यक्त गरेका हुन् ।

नेपाल टेलिकमले ओखलढुंगामा बितरण गरेको मोबाईल सेवा प्रभावकारी नभएको जनप्रतिनिधिको भनाई छ । चिसंखुगढी गाउपालिकामा नेपाल टेलिकमले वितरण गरेको मोबाईल सेवा साझ परेसंगै अस्ताउने गरेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।

दिउँसोपख माबाईल फोन राम्रै चल्ने भएपनि साझँ पर्दैगएपछि सेवा नै अवरुद्ध हुने उनको भनाई छ । मोबाईल सेवा अबद्धरु हुदाँ आगलागी, बाढीपहिरो जस्ता बिपत्तको समयमा समेत आति आवश्य सुचना प्रभाव गर्न समस्या हुने उनले बताए ।
‘जब साँझ पर्दै जान्छ तब मोवाई सेवा बन्द हुन्छ यस्तो अवस्थामा आपतकालीन समयमा कसलाई कसरी सम्पर्क समन्वय गर्ने, टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ’ उनले भने ।
त्यस्तै खिजिदेम्बा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले जिल्लाको पश्चिमी भेगमा समेत सेवा दिन टेलिकमलाई आग्रह गरे । उनले सेवा बिस्तारमा टेलिकमलाई पटकपटक जनकारी गराउँदा समेत ब्यवास्था गरेको आरोप लगाए ।

‘टेलिकमका मान्छेहरु एउटा डाडोँमा नापजाँच गर्ने बारम्बार गए रे भन्ने सुनियो तर न पालिका अध्यक्षलाई थाहा छ न वडा अध्यक्षलाई । अनि हामीले कसरी समन्वय गर्ने ? हामीले टेलिकममा बारम्बार पत्राचार गरेका छौँ । सेवा चाहियो भनेर तर खै सुनुवाईनै भएन ’।
सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्ध प्रसाद अधिकारीले गाउँपालिका केन्द्र नै सञ्चार सम्पर्कबाट टाढा रहेको बताए ।

हालको गाउँपालिका केन्द्र रहेको स्थानमा टेलिकमको सेवा नभएको भन्दै त्यसतर्फ ध्यान दिन टेलिकमलाई आग्रह गरे । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेको टेलिफोन टावरले लामो समयदेखी काम नगर्दा त्यसक्षेत्रका नागरीक मर्कामा परेका छन् । त्यसतर्फ पनि ध्यान दिन जनप्रतिनिधिले टेलिकमको ध्यानाकषर्ण गराएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समतीका सभापती जय बहादुर श्रेष्ठले ओखलढुंगामा टेलिकमका हाकिम जागीर खान मात्र आएको भन्दै आक्रोश ब्यक्त गरे । उनले टेलिकमका प्रमुख राजकिशोर शाहालाई कुर्सीका लागी मात्र नभई जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे ।

यस बिषयमा नेपाल टेलिकम शाखा ओखलढुंगाका प्रमुख राजकिशोर शाहाले जिल्लाका बिभिन्न स्थानमा थप टावर बिस्तार हुने क्रममा रहेको बताए । उनले जनप्रतिनिधिहरुलाई टेलिफोन सेवा बिस्तार गर्नुपर्ने स्थान छनोट गरी जानकारी गराउन आग्रह गरे । त्यसपछि आफुले केन्द्रिय तहमा जानकारी गराउने बताए । ‘पहिलो कहाँ कहाँ सेवा बिस्तार गर्नुपर्ने हो पहिचार गरी खबर गर्नुस अनि म माथिल्लो तरमा फोन गर्छु ।’

टेलिकमले ओखलढुंगामा सेवाको नाममा ब्रम्हलुट गरिरहेको उपभोक्ताको भनाई छ । टेलिकमले बितरण गरेको ल्यानलाईन तथा एडिएसएल ईन्टरनेट सेवा समेत प्रभावकारी नभएको उनिहरुको भनाई छ । टेलिकमको सेवाप्रती जिल्लाका उपभोक्ताहरु यसअघिपनि पटकपटक डेलिगेशन समेत गैसकेका छन् । तर टेलिकमले भने कुनै सुनुवाई गरेको छैन ।

You might also like

Comments are closed.