Nepal's First Video FM

कहाँ गयो हिमाल सागरको १४ बर्ष पुरानो झोला ?

842

माघ २१, पहिला–पहिला झोला नछोड्ने हिमाल सागर आजभोलि कन्सर्टमा मात्र बोक्ने गरेका छन् । गायक आफैँ भन्छन्– ‘मोवाइल, लिप केयर, एल्बम बाक्ने झोला कहाँ गयो ?’ १४ वर्षको लामो साङ्गीतिक यात्रामा उनले थुप्रै गीत गाइसकेका छन् । जसमध्ये केही चर्चित गीत न मैले लेखे न उनले लेखिन्, मेरो मनमा आगो लाउनेको, मेरो दिल तोडी, तीन ढिके फुली, नाच तिमी आज मादलको तालमा, तिम्ले माया नगरे, माया त थियो दुईतर्फि, न आउ तिमी सजिएर इत्यादि । सिटिजन एफएममा माघ महिनाको ‘स्टार अफ द मन्थ’को रुपमा रहेका गायक हिमाल सागरसँग कार्यक्रम ‘फेस टु फेस’मा प्रस्तोता बिजन ढुवाडीले गरेका कुराकानी :-

हिमाल सागरको नजरमा सेलिब्रेटी कस्तो हुनुपर्छ ?

गाउने खुबी मात्र नभई अरुले हेर्दा आकर्षक र फरक खालको हुनुपर्छ ।

हिमालको धेरै फ्यानहरु हुनुहुन्छ । फ्यानहरुले लाइक, शेयर, कमेन्ट अनि म्यासेज पठाउछन के रिप्लाई जान्छ त ? 

मैले भ्याएसम्म सबै म्यासेजको रिप्लाई दिन्छु तर कहिलेकाहीँ दिनमै हजार, १२ सय, १५ सय जति आइरहेको हुन्छ । मेरो नयाँ गित, म्युजिक भिडियो रिलिज हुदा र कस्तो राम्रो फोटो भनेर कमेन्ट आइरहेको हुन्छ सकेसम्म सबै कुराको रिप्लाई दिने कोसिस गर्छु ।

अब नयाँ गीत कहिले रिलिज गर्दै हुनु हुन्छ  ?

दिनेश भारती र मेरो आफ्नै शब्द रचना, मेरो संगीतमा ‘भन्ने गर्थ्यो तिमी बिना म मर्न्छु तर बाचा झुटो रहेछ तिम्रो माया झुटो रहेछ’ यो गित अब चाडै नै रिलिज हुदैछ ।

हिमाल सागरको झोला कसरी हरायो भिडियो सहित

 

You might also like

Comments are closed.