काठमाण्डौ महानगरपालिका वडा नं. १३ मा अवस्थित सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्ठ विद्यालयको रुपमा परिचित ज्ञानोदय माध्यमिक विद्यालयको ५५ औ जन्म जयन्तिको अवसरमा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल(ज्ञान) को आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भयो ।
का.म.पा. १३ स्थित वाफलचोक देखि मकालुचोक रिंगरोड सम्म भएको उक्त सरसफाई कार्यक्रममा क्षेत्र नं. ८ का संघीय सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ, प्रदेश नं. ३ का माननीय प्रदेश सभासद श्री राजेश शाक्य, का.म.पा. १३ का वडा सदस्य रामबाबु कोइराला, १३ वडाका पूर्व अध्यक्ष रामशरण डंगोल, का.म.पा. १५ का वडा अध्यक्ष ईश्वर मान डंगोल लगायतका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।
सो अबसरमा विद्यालयका पूर्व विद्यार्थीहरु, स्थानिय अभिभावक तथा वासिन्दाहरुको समेत सहभागिता रहेको थियो ।
कायक्रमको समबन्धमा जानकारी दिदै आयोजक ज्ञानका अध्यक्ष श्री रुपचन्द्र पन्तले विगत वर्षहरुदेखि नै यस सस्थाले सरसफाई कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच, रक्तदान, छात्रवृत्ति वितरण, अन्तर विद्यालयस्तरीय कार्यक्रमहरु आदि संचालन गर्दै आएको बताउनु भयो । संस्थाले दैविक तथा प्राकृतिक प्रकोपहरु जस्तै बाढी पहिरो, भुकम्पमा प्रभावित ठाउहरुमा पुगी उद्दार तथा राहत सामाग्रीहरु वितरण गरेको जानकारी गराउदै आगामी दिनहरुमा पनि यस्तै सामाजिक र मानविय कार्यहरु गर्न हौसला मिलेको र अझै थप कार्यहरु गर्ने योजना रहेको जानकारी समेत उक्त अवसरमा अध्यक्ष पन्तले गराउनु भएको थियो ।
Comments are closed.