काठमाडौं । यातायात व्यवसायीहरूले आज देशभर चल्ने लामो दूरीका सार्वजनिक यातायात बन्द गरेका छन् । सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध यस अघि नै चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका हुन् ।सार्वजनिक यातायात चलाउन बनाईएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने सरकारी नियमका विरुद्ध आन्दोलनमा उत्रिएका व्यवसयीहरूले आज लामो दूरीमा चल्ने सवारी साधन बन्द गरेका हुन् ।
आज देशभर समितिमार्फत चल्ने गाडीका काउन्टरहरू बन्द भएका छन् । लामो दुरीका बसहरु नचलेपछि सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।सरकारले ग्यारेजमा थन्क्याउने गाडीको रुट पर्मिट खारेज गरिदिने चेतावनी दिँदा पनि यातायात व्यवसायीहरुले आफ्ना सवारी साधन ग्यारेजमा थन्क्याएका छन् । सरकारले यस अघि नै समिति खारेज गरेर सम्पुर्ण सवारीसाधन कम्पनी मार्फत सञ्चालन गर्नु पर्न भन्दै समिति नविकरण गर्न बन्द गरिसकेको छ ।
Comments are closed.