बैशाख २२, फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा भूकम्प गएको जनाएका छन् ।
यस भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको कुनै विवरण प्राप्त नभएको र यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । भूकम्पको केन्द्र विन्दु राजधानी मनिलाबाट ३१० किलोमिटर पूर्वमा रहेको स्थानको आपपास नै १७.९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
Comments are closed.