Nepal's First Video FM

राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न माधव नेपाल तयार – जुट्ला त सहमति !

92

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम अघि सार्न खोजेको कतिपयले अड्कल गरेका छन्।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेका तत्कालीन महासचिव नेपालले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले भारतमै पुगेर माओवादी नेताहरु प्रचण्ड, बाबुराम भट्टराईसँग भेट गरेका थिए। त्यही जगमा १२ बुँदे समझदारी मार्फत् जनआन्दोलन हुँदै नेपालमा गणतन्त्र स्थापना भएको हो।

सत्तारुढ एमालेले राष्ट्रपति आफ्नै दलबाट हुनुपर्ने अडान लिइरहेको छ। पुस १० मै राष्ट्रपति र सभामुख आफ्नो पार्टीलाई दिने माओवादीसँग समझदारी भएरै प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको उसको तर्क छ।

यसकै लागि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारदेखि बालकोटसम्म २३ पटक भेट भइसकेको छ। हरेक भेटमा राष्ट्रपतिकै विषयमा चर्चा चलेको दुई नेताका सचिवालयले बताइरहेका छन्। तर अझै कुरा मिलेको छैन।

एमालेलाई राष्ट्रपति दिन प्रचण्ड तयार छैनन्। यही कारण सत्ता गठबन्धन धरमराएको विश्लेषण भइरहेको छ।

You might also like

Comments are closed.