Nepal's First Video FM

१० लाख नगदसहित हुन्डी कारोबारी समातिए

898

वैशाख २३, हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई शुक्रबार पक्राउ गरेको हो ।

शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएका उप्रेतीमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.