Nepal's First Video FM

माओवादी केन्द्रका कार्यकर्ता यादवको घाँटी रेटेर विभत्स हत्या

754

बैशाख २३, सिरहामा माओवादी कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ । कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए ।

शुक्रवार राति घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घर छेवैको गोठमा गएका यादव धेरै बेरसम्म घर नफर्केपछि खोजतलास गर्दा यादव मृत्य फेला परेको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्रले यादव आफ्ना सक्रिय कार्यकता रहेको जनाउँदै हत्यामा संलग्नको चाँडो खोजी गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ । प्रहरीले हत्यामा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ ।

You might also like

Comments are closed.