माघ २१ , ३२२६ नम्बरको टिपर सडक किनारमा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा लक्ष्मीनिया गाउँपालिका ४ का टिपर चालक अन्दाजी २५ वर्षीय उदयकुमार ठाकुर र सहचालक मिथिला नगरपालिका २ नक्टाझिझका १८ वर्षिय संजय पासवान रहेका छन्। ढल्केबरबाट महोत्तरीतर्फ गिट्टी लिएर आउँदै गरेको सो टिपर दुर्घटनामा परेको थियो।
शवलाई पोष्टमार्टमको लागि जनकपुर अस्पताल पठाइएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ।
Comments are closed.