Nepal's First Video FM

प्रधानमन्त्री ओलीमाथि बाबुरामको कडा प्रहार, ओली सरकारलाई यतिसम्म भने…

551

वैशाख २३, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘बुद्धिजीवी’ को विरोध गरेका प्रधानमन्त्री केपी ओलीमाथि कडा शब्द प्रहार गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा एक टव्टि गर्दैैै भट्टराईले बौद्धिकहरूलाई सोलोडोलो मुसासंग तुलना गरेर ठट्टाको पात्र बनाउनु शोभनीय नभएको प्रतिक्रिया दिएका छन् ।

सोमबार एक कार्यक्रममा ओलीले बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध भ्रम फैलाउने खेतीमा लागेको आरोप लगाएका थिए । ओलीले जीविकाका नाममा कतिपय बुद्धिजीवी राष्ट्रिय हितविरुद्ध लागेको गम्भीर आरोप लगाए ।

‘मुसाले दाँतमा धार लगाउन थोत्रो कपडा काटे हुन्थ्यो, थाहा नपाउँदा ससुराली जाने सुटै काटिदिन्छ, तर बुद्धिजीवीले त जीविकाका लागि बुद्धि धार लगाउँदा देशलाई नोक्सान नपारे हुने हो,’ ओलीले भने-‘म रारामा पुगेर देश समृद्धिको कुरा गर्नेबित्तिकै तालको नामै महेन्द्र ताल लेख्ने हाम्रा बुद्धिजीवी देख्दा अचम्म लाग्छ ।’

प्रधानमन्त्री ओलीले कांग्रेस शेरबहादुर देउवाले अर्थै नबुझेर आफूलाई ‘लम्पसारवाद’ को आरोप लगाएको भन्दै आलोचना पनि गरे । ‘यसपटकको भारत भ्रमणबाट फर्किएपछि एउटा नेताले मलाई लम्पसारवादी भनेको सुनेँ, कसैले कुनैबेला कतै आफैँ लम्पसार परेको सम्झेर त्यस्तै गर्यो होला फर्किएपछि भन्नुपर्छ भन्ने ठानेर बोल्यो होला,’ उनले भने, ‘तर उनले आफैँलाई सम्झेर अर्थ नबुझ्दा अहिलेको प्रधानमन्त्रीलाई त्यसो भन्दा दुनियाँ हाँस्लान् भन्ने बिर्सिएछन्, त्यसको कुनै अर्थ छैन ।’

ओलीको भनाईलाई लक्षित गर्दै बाबुरामले भनेका छन्, ‘प्रमले बौद्धिकहरूलाई सोलोडोलो मुसासंग तुलना गरेर ठट्टाको पात्र बनाउनु शोभनीय भएन ! पिछडिएको समाजमा केही बुद्धी बेचेर खाने ‘बुद्धिजीवी’ भए होलान् ! तर मानव इतिहासमा बौद्धिक चिन्तन–सिर्जना–उत्पादन गर्ने विशेष मान्छेहरू नभएका भए ज्ञानविज्ञानको विकास र समाजको प्रगति यहाँसम्म हुन्थेन कि ?’

You might also like

Comments are closed.