वैशाख २३, स्वास्थ्य क्षेत्रमा नसोचेको परिर्वतनको अनुभुति जनतालाई दिने प्रणका साथ अघि बढेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल वीर अस्पतालको सरसफाई अभियानमा जुटेकी छन् ।
स्वास्थ्य मन्त्रालयमा सुर्ती र सुर्ती जन्य पदार्थ लैजान रोक लगाएर स्वास्थ्य क्षेत्रको आमुल परिर्वतनको सुरुवातको संकेत दिएकी राज्यमन्त्री अर्याल आईतबार वीर अस्पतालको शौचालय सरसफाईमा जुटेकी हुन् ।
आफैले ब्रस समातेर शौचालयको सफाई गर्दै वीर अस्पताल सरसफाई अभियानको सुरुवात गरेकी हुन् । सरकारी अस्पतालमा फोहोर र दुर्गगन्ध धेरै हुने भनी हुँदै आएका टिप्पणीलाई गलत सावित गर्दै विरामीले अनुभुति गर्ने गरि सरसफाईको उत्कृष्ट नमुनाको रुपमा परिणत गरिने राज्यमन्त्री अर्यालले बताईन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विर अस्पतालले आईतबार सुरु गरेको विर अस्पताल सरसफाई अभियानको उद्घाटन गर्दै राज्यमन्त्री अर्यालले अस्पतालको सरसफाई अभियान सम्पन्न नहुने बेला सम्म आफुले पनि सहयोग गर्ने बताईन् ।
एक साता अघि राजधानीमा आयोजित कार्यक्रमा मन्त्री अर्यालले छिट्टै वीर अस्पतालको सरसफाई अभियान सुरु गर्नुको साथै अस्पताल अगाडिका पसलबाट सुर्ती र सुर्तीजन्य पदार्थ हटाउने उद्घोष गरेकी थिईन् ।
मन्त्री अर्यालले यो अभियान क्रमैसंग सबै सरकारी अस्पतालमा चलाउने पनि बताईन् । अभियानलाई सहयोग गर्न समाजशेवी तथा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले ब्रस लिएर ट्वाईलेट सफा गरेका छन् ।
Comments are closed.