Nepal's First Video FM

आजको राशिफल पढ्नुहोस

453

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा सावधानी अपनाउनु पर्नेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सन्तानबाट सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिके विकास हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ अलंकारको प्राप्ति हुनेछ । अरुको मन जित्न सकिनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने भयछ । सरकारी निकाएको भय रहला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । साथीभाइबाट हौसला प्राप्त हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । भौतिक साधन जुटाउने समय छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । साथीभाईसंग समय बित्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

You might also like

Comments are closed.