Nepal's First Video FM

हायसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

410

वैशाख २४, पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा परी गडौेरीका श्रीमान् ५९ वर्षीय राम उद्गार गडौरी गम्भीर घाइते भएका छन् । हायसको ठक्करबाट गम्भीर घाइते भएको दम्पतीलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याउने क्रममा बिल्टीको बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।

गम्भीर घाइते उहाँको श्रीमान् राम उद्गारको लहानस्थित कामना नर्सिङ होम प्रालिमा उपचार भइरहेको जनाएको छ । यता ठक्कर दिने हायस र चालक झापाको बुद्धशान्ति गाउँपालिका–१ निवासी २८ वर्षीय किशोर चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

You might also like

Comments are closed.