वैशाख,२४/धर्म परिवर्तन गराउन खोजेको आरोपमा नागर्जुन-४ सितापाइलाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कास्की मच्याङगकोट गाउँपालिका-९ घर भइ काठमाडौंको नागर्जुन नगरपालिका-४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवनको भरतपुर महानगरपालिका-१६ बस्ने ४२ वर्षीया फुलदेवी भट्टराई पक्राउ परेका हुन् ।
जागिर लगाइदिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराउन खोजेएको भन्दै गत २१ गते प्रहरीमा उजुरी परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेकाहरुलाई भरतपुर नगरपालिका-२७ घर भएकी ३८ वर्षीया लक्ष्मी भट्टराईलाई धर्म परिवर्तन गराउन खोजेको आरोपमा लागेको छ ।
प्रहरीका अनुसार पीडित लक्ष्मीलाई फुलदेवीले जागिर लगाइदिने भन्दै सितपाइलाको चर्चसम्म पुर्याएकी थिइन । चर्चमा सुमित्रा गौलीले बाइबलको पाठ सुनाउँदै लक्ष्मीलाई जबरजस्ती दुबै हात समातेर धर्म परिवर्तन गर्न खोजेको प्रहरीले बताएको छ ।
पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता, प्रहरी नायव उपरीक्षक -डीएसपी) मोहनकुमार थापाले जानकारी दिए ।
Comments are closed.