नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन-२ सुरु नहुदै विभिन्न विवादमा तानिरहेको छ । केहि दिन अगाडी काठमाडौं अडिसनबाट राम्रा प्रतिभालाई जजले चिन्न नसकेको भन्दै सामाजिक सन्जाल मार्फत केहि प्रतियोगीले आफ्ना कुरा लेखेका थिए ।
यसरी अघिल्लो वर्ष सम्पन्न भएको नेपाल आइडलमा पनि जजहरु बेलाबेलामा विवादमा तानिएका थिए । तर, पनि यो वर्ष हुने सिजन-२ मा पनि उनीहरु नै अनुबन्धित छन् । हालै भएको नेपाल आइडल सिजन-२ को अडिसनबाट आउट भएका प्रतियोगीले पैसाको चलखेल भएको दाबी गर्छन ।
‘मन जित्छ जसले, सुमधुर गाउछ जसले’ यो नाराका साथ गायन प्रतिभाको सुनौलो अवसर नेपाल आइडल सिजन-२ यति बेला प्रतियोगीको गायन भन्दा पनि जजको कुर्सीमा बसेर गलालाई हेला गरेको आरोप लागिरहेको छ ।
सोही क्रमम अनलाईन टिभी नेपालले लिएको अन्तर्वार्तामा गायक केशव भावुकसँग गरिएको कुराकानी प्रस्तुत छ:
१) अवसरको रुपमा चलिरहेको नेपाल आइडल सिजन-२ मा तपाई जस्तो कलाकारको त राम्रो अवसर हुन सक्थ्यो नी ?
अब नेपाल आइडल भोटको खेति होकी नोटको खेति हो ? मलाई थाहा छैन । पहिलो कुरा कतिपय गुरुहरु र नेपाल आइडलमा गएर आएका व्यक्तिको कुरा सुन्दा त्यहाँ हामी जस्तोलाई चान्स छैन र दोस्रो कुरा अलरेडी हामी गित गाइसकेका मान्छे बिचमा गएर फालिनु भन्दा नजानु नै राम्रो । संगीत भनेको आफुले गर्ने हो, गरिरहेको नै छु । नेपाल आइडलमै अल्झिनु पर्छ भन्ने छैन । गित गाइरहेको मान्छे त्यहाँ गएर गाउनु भनेको नया कलाकारलाई चान्स दिने ठाउँ हो ।
हेर्नुस् भिडियो;
Comments are closed.