Nepal's First Video FM

रुकुममा विवाह मण्डपबाटै दुलहादुलही पक्राउ

761

वैशाख २४, रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको हो ।

केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिका बीच बालविवाह हुँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

दुलहादुलही नै पक्राउ गरेपछि विवाह रोकिएको छ । ती केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ । प्रहरीको सक्रियतामा जिल्लामा योसहित १६ वटा बालविवाह रोकिएका छन् ।

You might also like

Comments are closed.