माघ २१ , नेपाली सेनाको भैरवनाथ गणमा तालिमको क्रममा ग्रिनेड विष्फोट हुँदा पाँच सैनिक घाइते भएका छन् । घाइते सैनिकमध्ये एक जनाको अवस्था खतरायुक्त रहेको छ भने चार जनाको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । घाइतेहरुको टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।
महाराजगञ्जस्थित राष्ट्रपति भवन नजिकै रहेको भैरवनाथ गणमा शुक्रबार बिहान ९:३५ बजे विष्फोट भएको थियो।
Comments are closed.