Nepal's First Video FM

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

469

वैशाख २४, मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन् । सोमबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने बताए ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नु पर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाए ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उनले जोड दिए ।

You might also like

Comments are closed.