Nepal's First Video FM

मोदीको नेपाल भ्रमण विकासका सन्दर्भमा कोशेढुङ्गा सावित हुन्छ : मन्त्री ज्ञवाली

495

वैशाख २४, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाम विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा दुईटा परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

ज्ञवालीले दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा अयोध्या बस सेवा र रामायण परिपथ परियोजनाको शुभारभ्भ गर्ने कार्यक्रम रहेको जानकारी दिए । जनकपुरधाममा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने बताइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते जनकपुरधाम आउने कार्यक्रम छ । सो दिन उनी जानकी मन्दिरमा पूजा अर्चना गरी र बाह्रबिगाहा रङ्गभूमि मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने जनाइएको छ ।

You might also like

Comments are closed.