Nepal's First Video FM

सप्तरीमा छुरा प्रहारबाट युवकको हत्या, घटनामा संलग्न ७ पक्राउ

621

वैशाख २५, सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ ।

मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।

शिक्षक कुट्नेलाई कार्वाहीको माग

नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कार्वाहीको माग गरेको छ ।

३ दिन अघि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । कोइराला हनुमानगर कंकालनी नगरपालिका–१ स्थित बिपी माविमा १५ वर्षदेखि अध्यापनरत छन् । रासस

You might also like

Comments are closed.