Nepal's First Video FM

मोदी नै नआई हावाले उडायो स्वागतद्धार, पण्डाल निर्माण गरिरहेका कामदार घाइते !

568

वैशाख २६, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागतद्धार बुधबार बिहान आएको हावाहुरीले उडाएको कान्तिपुर दैनिकमा खबर छ ।

वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतका लागि आयोजकले बनाएको स्वागतद्धार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ ।

हावाहुरी सडकको पण्डाल खसेपनि अभिनन्दन हुने स्थानमा खासै क्षति भने नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताए ।

हावाहुरी अभिनन्दन हुने रंगभूमी मैदानमा कुनै क्षति नभएको कर्णले बताए । हावा हुरीको क्रममा पण्डाल निर्माणका लागि ल्याएको सामाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते भएको उनले बताए ।

पछिल्लो दुई साता यता मोदीको स्वागतका लागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमी मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.