Nepal's First Video FM

भारतीय कमाण्डोको नेपाल कब्जा, जनकपुर देखि मुस्ताङको मुक्तिनाथसम्म बिगबिगी !

489

वैशाख २६, दुई दिने भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सुरक्षाका लागि ८६ भारतीय कमाण्डो नेपाल आएका छन् ।

स्रोतका अनुसार मंगलबार बिहान ११ बजे भारतीय वायु सेनाको कार्गो विमानबाट मोदीले प्रयोग गर्ने २ ओटा बुलेटप्रुफ कार र बन्दोबस्तीका साथ ६१ जना कमाण्डो त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए ।

काठमाडौं आएका ६१ मध्ये १५ जना कमाण्डो बन्दोबस्तीका सामाग्रीसहित मुस्ताङ पुगेका छन् । दिउँसो ३ः१५ बजे बुद्ध एअरको विमानमार्फत् उनीहरु पोखरा गएर उनीहरू मुस्ताङ पुगेका हुन् ।

बाँकी ४६ जना कमाण्डो काठमाडौंमै छन् । काठमाडौंमा रहेका कमाण्डोले मोदी बस्ने होटल हायत र कार्यक्रम स्थलको सुरक्षा अवलोकन गर्नेछन् । मोदी आएपछि सुरक्षा उनीहरू सुरक्षामा खटिनेछन् । मंगलबार नै भारतीय वायु सेनाको विमानबाट २५ जना कमाण्डो जनकपुर पुगेका छन् ।

नेपाल आएका भारतीय कमाण्डोले आवश्यक हातहतियार र बन्दोबस्तीको सामान उतैबाट ल्याएको स्रोतले बतायो।मोदी आउनु अगावै नेपाल आएका भारतीय कमाण्डोले नेपाली सेनासँग समन्वय गरी मोदीको सुरक्षा गर्ने छन् ।

मोदी भ्रमणका क्रममा काठमाडौंमा मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको तयारी छ । मोदी भम्रणको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्नेछ ।

मोदी सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी हुनेछन् भने दोस्रोमा नेपाली सेना रहनेछ । त्यस्तैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गर्ने सरकारले तयारी गरेको छ । मोदीको सुरक्षामा प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुरसमेत परिचालन पनि गरिनेछ ।

मोदी आफ्नै बुलेट कारमा सवार हुनेछन् । भारतीय कमाण्डोले मोदीको भ्रमणका प्रयोग गर्न रेन्जरोभर र बिएमडब्लु ‘बुलेटप्रुफ’ गाडी पनि ल्याइएसकेको छ । दुईवटा गाडीमध्ये एउटा जनकपुर पठाउने र एउटा काठमाडौंमै रहने स्रोतले जानकारी दियो ।

मोदी वैशाख २८ गते बिहान भारतीय वायु सेनाको हेलिकप्टरमा बिहारबाट जनकपुर आउनेछन् । त्यही दिन काठमाडौं आउने उनी अर्को बिहान मुस्ताङको मुक्तिनाथ जाने छन् ।

You might also like

Comments are closed.