Nepal's First Video FM

अशोक दर्जीको गीत रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा

600

काठमाडौँ । अशोक दर्जीको गीत रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको छ । पछिल्लो समय युट्युवमा भाईरल भएका वाल गायक दर्जी र टङ्क बुढाथोकीको स्वरमा सजिएको ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ भिडियो रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको हो ।बुधवार मात्र रिलिज गरेको यो गीत बिहीबार बिहानै ट्रेडिङ वानमा आएको छ, भने सात लाख भन्दा बढीले हेरिसकेका छन् । गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत, निर्देशन र सम्पादन बुढाथोकीको आफैको रहेको छ। म्युजिक भिडियोमा टङ्क बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् । यो भिडियोलाई भुपेन्द्र तुम्बहाम्फेले खिचेका छन् । झापा दमकका सामान्य परिवारमा दर्जी जन्मेका एकाएक चिर्चित गायक बनेका हुन् ।

You might also like

Comments are closed.