माघ २१ , प्रदेश ६ को पहिलो बैठक सम्पन्न भएको छ । दिउँसो १ः८ बजेको समयमा सुरु भएको थियो । जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठक एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो ।
बैठकमा सभामुख चयनका लागि यही माघ २९ गतेका लागि प्रस्ताव गरिएको मिति पारित गरिएको छ । २९ गते बस्ने बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुनेछ ।
प्रदेश ६ मा समानुपातिकसहित ४० जना प्रदेश सांसद रहेका छन् ।
Comments are closed.