मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि मुस्ताङको मुक्तिनाथ मन्दिरमा तयारी तीब्र पारिएको छ ।नेपाल भ्रमणको दोस्रो दिन बैशाख २९ गते भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन गर्ने भएकाले मन्दिर परिसरमा रंगरोगनसहित मिनी आईसीयू र पाँच ओटा हेलिप्याडको व्यवस्था गरिएको छ । मोदीको स्वागत संयोजन जिल्ला समन्वय समितिले गरिरहेको छ । सुरक्षासहित अन्य व्यवस्थापन लगभग सकिएको स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
२०७१ सालमा नेपाल आउँदा मोदीलाई स्वागत गर्न तयार रहेका मुस्ताङवासी अहिलेको भ्रमणमा उत्साहित छन् । मोदीको मुक्तिनाथ भ्रमणले भारतीय तिर्थालु बढाउने उनीहरुको अपेक्षा छ ।
मोदीको सुरक्षालाई ध्यानमा राख्दै २८ गते साँझदेखि २९ गते १२ वजेसम्म अन्य तिर्थयात्रीलाई मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । थोरङ्ला पास हुँदै अन्नपूर्ण पदमार्गका पैदलयात्रीलाई अन्य विकल्प प्रयोग गर्न आग्रह गरिएको छ ।
Comments are closed.