Nepal's First Video FM

अशोक दर्जीको पहिलो गीत विवादमा, रुदै टंकले यसो भने…(भिडियोसहित)

577

अहिले एकदमै चर्चामा रहेका बाल गायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीत रिलिज गरिएको छ । बुधवार मात्र रिलिज गरेको यो गीत बिहीबार बिहानै ट्रेडिङ वानमा आएको छ, भने सात लाख भन्दा बढीले हेरिसकेका छन् ।

गीतमा बि राज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ । म्युजिक भिडियोमा टंक बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् । यो भिडियोलाई भुपेन्द्र तुम्बहाम्फेले खिचेका छन् ।

झापा दमकका सामान्य परिवारमा दर्जी जन्मेका एकाएक चिर्चित गायक बनेका हुन् । युट्युबमा एक्कासी भाइरल भएका दर्जीलाई विभिन्न संघ सस्था देश तथा विदेशबाट धेरैले सहयोग गरेको छ भने ती अशोकलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको हो ।

गीत रिलिज समारोहमा सरिक हुन बालगायक दर्जी प्लेन चढेर काठमाडौँ आएका छन् । गायक तथा संगीतकार टंक बुढाथोकी र दर्जीका स्कुल प्रिन्सिपल दिपक न्यौपानेसँग गीत सार्वजनिक कार्यक्रममा फिल्मी कुरा टिभीले लिएको अन्तर्वार्ता हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.