Nepal's First Video FM

नेपाल उड्ने तयारीमा रहेका मोदीले भने-‘मेरो सुरक्षा गर्ने क्षेमता छैन नेपालीहरुमा’

541

वैशाख २७, केही साताअघि बालुवाटारमा वाम नेताहरुको बैठक बसिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको मोबाइलमा घण्टी बज्यो । फोन गरेका थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । फोन रिसिभ गर्दै ओली बैठक स्थलबाट एकान्ततिर गए ।

मोदीलाई नेपालमा मे २५ तारेखमा निम्त्याउने सरकारले गृहकार्य गरिरहेको थियो । तर, मोदीले आफू मे ११ मै नेपाल आउने ओलीलाई बताए । कर्णाटकको चुनाव प्रचार सकेर सीधै पटना आउँछु, अनि त्यहाँबाट जनकपुर हुँदै काठमाडौं आउँछु भन्ने प्रस्ताव मोदीले ओली समक्ष राखे ।

प्रस्ताव भन्दा पनि यो बोधार्थ जस्तो थियो । वाम एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीले गरेको ब्रिफिङ अनुसार जनकपुर हुँदै नेपाल भ्रमणमा आउँदा नेपालको सुरक्षा संवेदनशीलतामा अप्ठ्यारो पो पर्छ कि भनेर उनले प्रतिक्रिया दिएका थिए ।

तर मोदीले केही पनि हुँदैन, मैले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दिल्लीमा नभई गुजरातमा स्वागत गरेकै हुँ भन्ने जवाफ दिएर फोनबाटै कन्भिन्स गरे । सहभागी एक नेताका अनुसार वाम बैठकमा ओलीले भनेका थिए ।

के नेपालले सुरक्षा दिन सक्दैन ?

मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा जसरी भारतीय सुरक्षा कमाण्डोहरु काठमाडौं र मधेसमा प्रवेश गरेका छन् । यसले नेपालको सुरक्षा व्यवस्था निरीह र कमजोर छ भन्ने सन्देश गएको छ ।

एउटा विदेशी पाहुनालाई सुरक्षा दिनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी आफैं सक्षम हुँदाहुँदै पनि भारतबाट सुरक्षा टोलीहरु तडक–भडकपूर्ण ढंगले काठमाडौं र मधेसमा उत्रिनु सार्वभौम देशका लागि गौरवको विषय होइन ।

जबकि नेपालका प्रधानमन्त्री दिल्ली जाँदा सरक्षा गार्डबाहेक कोही लगिएको हुँदैन ।कुनै विदेशी पाहुना नेपाल आउँदा उनको सुरक्षा गर्नु हाम्रो देशको दायित्व हो । नेपालका सुरक्षाकर्मीहरु विश्वको शान्ति सेनामा खटिएका छन् ।

स्वयं भारतमा गोर्खा सैनिकले सुरक्षा दिएका छन् । यो अवस्थामा ओली सरकारले नेपालका सुरक्षा अंगको मोराल बढाउने काम गर्न सकेन, यो अर्को रक्षात्मक स्थिति हो । परिघटनाहरुलाई हेर्दाखेरि मोदीको भ्रमणमा केपी ओली रक्षात्मक र मोदी आक्रामक देखिएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.