वैशाख २७, हिन्दु यूवा संघका संस्थापक काशिनाथ तिवारीको हत्यामा दोषी ठहर रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहालाई सिआइबीको टोलीले तिनुकुने काठमाडौंबाट पक्राउ गरेको छ ।
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले जन्मकैदको फैसला सुनाएको थियो । हिन्दु यूवा संघका संस्थापक काशिनाथ तिवारीको हत्यामा दोषी ठहर गर्दै इजलाशले कुशवाहलाई जन्मकैदको फैसला सुनाएको हो ।
पर्सा जिल्ला अदालतले कुशवाहालाई सफाई दिएपछि स्वर्गिय तिवारीकी श्रीमती बवितादेवि तिवारीले पुन जाहेरी दिएकी थिइन । उनकै जाहेरीका आधारमा उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जबाट दायर भएको पुनरावेदन उपर उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासका न्यायधिसद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयूक्त इजलासले गत फागुन २८ गते नगर प्रमूख कुशवाहालाइ जन्मकैदको फैसला गरेको थियो ।
तर फैसला भएको लामो समय वित्भदा पनि पनि प्रहरीले भने अझै सम्म माओवादीबाट निर्वाचित भएका मेयर कुशवाहलाई पक्राउ गरेको थिएन । नगरप्रमूख कुशवाहाले आफूलाई अदालतको फैसलाबारे कुनै जानकारी नभएको बताएका थिए ।
पर्सा जिल्ला अदालतबाट आफूले सफाई पाइसकेकोले उच्च अदालतको फैसलाबारे जानकारी प्राप्त भएपछि न्यायका लागि सर्वोच्च अदालत जाने बाटो खुल्ला रहेको उनले जीकिर गरे । ‘उच्च अदालतको फैसला चित्त नबुझे सर्वोच्च जाने बाटो खुल्ला छ’ उनले भनेका थिए ।
तर दशवर्ष भन्दा बढि सजाय तोकिएका दोषिले मुद्दाको पूनरावेदन गर्नका लागि पनि थुनामै बस्नुपर्ने कानुनी व्यवस्था रहेको अधिवक्ता दामोदर पौडेलले जानकारी दिए । ‘जन्मकैदको सजाय सुनाईएकाले उहाँले थुनामै बसेर मुद्दाको पुनरावेदन गर्नुपर्ने देखिन्छ’ अधिवक्ता पौडेलले भने ।
हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको २०६७ साल असार १२ गते साँझ वीरगन्जको अशोकवाटिका स्थित शीव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।
प्रहरीका अनुसार, मोटरसाइकलमा सवार भइ मन्दिरमा पुगेका सियराम कुशवाहा र बाराको हरैयाका अमन प्रसाद कुशवाहा मध्ये सियारामले पेस्तोल चलाएर तिवारीको हत्या गरेका थिए । हत्या पछि फरार रहेका सियारामलाइ प्रहरीले तिवारीको हत्या भएको साढे तीन वर्ष पछि २०७० साल पुष १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो ।
तर जिल्ला अदालत पर्साले उनी निर्दोष रहेको भन्दै सफाइ दिएपछि उनि पक्राउ परेको एक महिना पछि नै रिहा भएका थिए । तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाइ भने प्रहरीले २०६८ साल भदौ २२ गते पक्राउ गरको थियो। उनी हाल वीरगन्ज कारागारमा छन् । अमनकै बयानका आधारमा प्रहरीले सियारामलाइ पनि पक्राउ गरेको थियो ।
गत असोज दुई गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट निर्वाचित भएका कुशवाहा माओबादी नेता प्रभु साह निकट हुन् । प्रभु साह भूमिसुधार व्यवस्था मन्त्री हुँदा कुशवाहाले स्वकिय सचिबको जिम्मेवारी पनि सम्हालेका थिए ।
Comments are closed.