बैशाख,२८/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण उपत्यकामा शुक्रबार सुरक्षा चेकिङमा कडाई गरिएको छ। होटलहरुमा प्रहरीले निगरानी बढाएको छ भने नियमित गस्तीमा सेनालाई समेत खटाइएको छ।
प्रहरीले शंकास्पद ३५ जनालाई उपत्यकामा पक्राउ परेको छ। पक्राउ पर्नेहरुमा अधिकांश नेत्रबिक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु छन्। त्यस्तै चेकिङको क्रममा पनि केही पक्राउ परेका छन्। होटलहरुबाट पनि प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। विगतमा भारतको विरोधमा गतिविधि गर्दै आएका व्यक्तिहरुमाथि पनि प्रहरीले निगरानीमा राखेको स्रोत बताउँछ।
विभिन्न प्रहरी कार्यालयहरुसँग समन्वय गरी ३५ जनालाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए।
मोदीको रुटमा बिशेष निगरानी गरी ठुलो संख्यामा सुरक्षाकर्मी खटाउन लागिएको छ। उनको सवारीको बेला घरको छतमा समेत बस्न नदिन निर्देशन
Comments are closed.