Nepal's First Video FM

मोदी र ओलीलाई स्वागत गर्न पुगेका नेपाली माथी प्रहरीबाट लाठीचार्ज,अबस्था उस्तै

616

२८ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो अत्यधिक भएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ ।

रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको थियो ।

स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरे पनि बिहानैदेखिको भिड हेर्दा त्योभन्दा पनि धेरै पुग्ने अनुमान गर्न सकिन्छ ।

You might also like

Comments are closed.