Nepal's First Video FM

साढे ३३ किलो सुन प्रकरण: ३० अभियुक्तको फेरियो बयान, यो सब नाटक कि सत्य हो ? पढ्नुहोस

561

बैशाख २८, विराटनगर । बिराटनगर साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् ।

मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरूले बयान फेरेका हुन् । पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजालसमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुक्तले बयान दिएका थिए । बयान फेर्नेमा प्रहरी जवानदेखि, एरलाइन्सका कर्मचारी, व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन् ।

अदालतमा ८ प्रहरीसहित अधिकांश अभियुक्तले यसअघि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएको सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए । १९ फागुनमा मृतक शाक्यको शवसहित पक्राउ परेका टेकराज मल्ल ठकुरीले समेत बयान फेरेका छन् ।

प्रहरीसमक्ष उनले दिएको बयानको आधारमा थुप्रै प्रमाण र अन्य अभियुक्त पक्राउ पर्न सफल भए पनि उनले अदालतमा बयान फेरेका हुन् । उनले अदालत समक्ष दिएको बयानमा, ‘यातना दिने क्रममा सनमको मृत्यु भएको हो । दुवइबाट पटक–पटक विमानस्थलहुँदै सुन आउने गरेको थियो तर सुन कसले काहाँ लान्थ्यो त्य मलाई थाहा छैन मल्लले बयान फेर्दै बताएका छन ।

उनले अदालसमक्ष दिएको बयानमा एयरलाइन्सका कुनै कर्मचारी नचिनेको समेत बताएका छन्। प्रहरी जवान विष्णुबहादुर खड्काले समेत बयान फेरेका छन् । प्रहरी र अनुसन्धान गर्ने टिमलाई दिएको बयानमा खड्काले सुरक्षा अधिकृतले सुन चोरी पैठारीबाट लिएको आर्थिक रकमदेखि विमानस्थलबाट आएको सुन कहाँसम्म पुग्ने बारेमा बताएका थिए ।

तर, अदालतसमक्ष उनले दिएको बयानमा यसबारे आफूलाई कुनै जानकारी नपाएको र आफूले अफिसको ड्युटी मात्र पूरा गर्ने गरेको उल्लेख गरेका छन् । कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको अदालसमक्ष बयानमा उल्लेख गरेका छन् ।

प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरूले अदालत समक्ष इन्कार गरेका छन्। जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न रहेको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करी समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा गत बुधबार मुद्दा दायर गरेको थियो।

प्रहरीले ६३ जनाविरुद्ध आपराधिक समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार तथा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा गत बुधबार मुद्दा दर्ता गराएको थियो।

उक्त मुद्दामा प्रहरीले पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल, प्रहरी जवान विष्णु खड्का, अमरबहादुर थापासहित ३० जनालाई पक्राउ गरी अदालतका न्यायाधीशको रोहबरमा बयान लिइएको थियो।

त्यस्तै राप्रपा नेता तथा व्यापारी भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारु, सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारको पनि बयान सकिएको छ भने प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूँडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, गोरेकी श्रीमती निरु खरेल, भाइ रमेश उप्रेतीसहित ३३ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो, नेपाल समाचारपत्रमा खबर छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.