Nepal's First Video FM

सलोन बस्नेत र तरकारवाली स्टारर फिल्म ‘लम्फु’ रिलिज

1,073

वैशाख २८, तरकारवालीको नामबाट चर्चित कुसुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ आजबाट रिलिज भएको छ । सलोन बस्नेत र तरकारवालीको नामबाट चर्चित कुसुम श्रेष्ठ स्टारर यो चलचित्रले राम्रै प्रचारप्रसार पनि गरेको थियो ।

मरिस्का पोखरेल, चाँदनी शर्मा, डेब्यु नायक कबिर खड्का, सञ्जित भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको लम्फुमा युवाको जीवनमा आईपरेको अकल्पनीय समस्या र मानिसलाई समय र परिस्थितीले नायक र खलनायक दुबै बनाउँछ भन्ने कथालाई उठान गरेको छ ।

गोपाल चन्द्र लामिछानेले निर्देशन गरेको यो अन्य दुई चलचित्रको तुलनामा दर्शक पाउँने अपेक्षा गरिएको छ । लम्फू’ सँगै एकसाथ हलमा ‘हिरोज’ र ‘मनाङ्गे नानी’ले प्रतिष्पर्धा गर्दैछ ।

 

You might also like

Comments are closed.