Nepal's First Video FM

सौगात बिस्टद्धारा निर्देशित फिल्म ‘हैरान’को गित ‘तिमी मुस्कुराउदा’ सार्वजनिक (भिडियोसहित)

697

जेठ ४ गते बाट प्रर्दशन हुने चलचित्र ‘हैरानको गित ‘तिमी मुस्कुराउदा’ बोलको गित सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक गीतमा गजित बिस्ट, पुष्कर रेग्मी, निश्मा घिमिरे र आरोही शर्माको अभिनय रहेको छ ।

शान्ति प्रियाको शब्द, सन्तोष श्रेष्ठको संगीत छ भने स्वरूप राज आचार्य र दुर्गाले आवाज रहेको छ । किरण कडेलको एरेन्ज छ । फिल्म ‘हैरान’ विश्वकै कान्छो निर्देशक सौगात बिस्टले निर्देशन गरेका छन् ।

चलचित्रमा सरोज खनाल, बुद्धि तामाङ, सागर लम्साल, सत्यराज आचार्य, शिशिर भण्डारी र बाल कलाकारका रुपमा एन्जल राईको अभिनय रहेको छ ।हैरानमा कमेडि, एक्सन, ठाकठुक तथा मस्ति देखाइएको छ ।

सम्झना पोखरेल कार्यकारी निर्माता रहेको यो फिल्ममा श्रृष्टी घिमिरे, डा वाइ एल लामा र मुक्ति घलेको लगानि रहेको छ । निर्देशक सौगातले ८ बर्षको उमेरमा फिल्म निर्देशन गरि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाईसकेका छन् । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.