वैशाख २८, नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द माेदीकाे सुरक्षामा ‘थ्रेट’ रहेकाे अाराेपमा प्रहरीले ग्रेटर नेपाल अभियानका ३ जना केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङका विमल ब्रर्लाकोटी, काठमाडौंका प्रकाश सुवेदी र गोविन्द बोहोरा छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार उनीहरूलार्इ नियन्त्रणमा लिएकाे छ ।
उनीहरुले नेपाल र भारतबीच अापसी द्वेष फैलाउने गतिविधि गरेकाे अाराेप लगाइएकाे छ । मोदीको भ्रमणका क्रममा सद्भाव बिथोल्ने कार्य गर्न सक्ने अाशंकामा उनीहरूलार्इ पक्राउ गरेकाे बताइएकाे । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
Comments are closed.