वैशाख २८, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् । मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । लगतै उनले जानकी मन्दिरमा पूजाअर्चना गरे । जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय मोदीले सम्बोधन गरे ।
उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे । जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताए । प्रधानमन्त्री ओलीले पनि मोदीसँग सिंगो प्रतिनिधिमण्डललाई स्वागत गरे ।
अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’
नेपाल र भारतबीच परापूर्वकालदेखि सम्बन्ध रहेको चर्चा गर्दै उनले भगवान राम र सीताको समयदेखि नै दुई देशबीच यस्ता भ्रमण आदान–प्रदान हुने गरेको बताए ।
अघिल्लो पटक प्रधानमन्त्री रहँदा भारतीय नाकाबन्दीको कडा आलोचना गरेका ओलीले जनकपुरमा भारतीय समकक्षी मोदीसँगै उभिएर जनकपुर–अयोध्या बस सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म अहिले अरु कुनै सन्दर्भमा जान उचित ठान्दिनँ ।’
उनले राम र सीताको भेट भएको, सीताले जन्म लिएको ठाउँमा मोदी आएको उल्लेख गर्दै भने, ‘यो अवसरमा खुशी व्यक्त गर्न चाहन्छौं ।’ सोही अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सम्बन्ध अटूट र अविष्मरणीय रहिरहने विश्वास व्यक्त गरे ।
जनकपुर र अयोध्याबीचको सम्बन्ध उसैगरी अटूट रहने पनि बताए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शुरुवात गर्ने कार्यक्रममा उनले जनकपुर–अयोध्याबीच सीधा बस सेवा सञ्चालनले दुईदेशबीच पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।
Comments are closed.