वैशाख २८, दुइ दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिर दर्शन गर्ने धेरै वर्ष पहिलेको इच्छा पुरा भएको बताएका छन् ।
शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा पूजापछि प्रधानमन्त्री मोदीले आगन्तुक पुस्तिकामा लेख्दै नेपाल र भारत दुवै देशका तिर्थालुको धार्मिक गन्तब्यमा मैले पाएको स्वागत सत्कारका लागि आभारी रहेको बताए ।
उनले लेखेका छन्, ‘जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई । भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व राख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है ।’
उनले पुस्तिकामार्फत नेपाल र नेपाली जनताको प्रगती, सम्बृदी र शान्तिका लागि भारतीय जनताका तर्फबाट शुभकामना पनि व्यक्त गरेका छन् ।
Comments are closed.