Nepal's First Video FM

मोदीलाई चाबी हस्तान्तरण गरेपछि जनकपुरलाई भारतसँग गाभ्न भारतीय सांसदको तयारी !

516

वैशाख २८, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शन गर्दैगर्दा भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन् । भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, २ सय साल पहिले अंग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो समाप्त भएको छ । मिथिलाको यस भागलाई फिर्ता लिएर सीताआमाको आदर गर्दै मिथिला राज्य घोषणा होस् ।’

उनले ट्वीटमा मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई समेत मेन्सन गरेका छन् । अहिले उनको ट्वीटलाई लिएर ट्वीटरमा नेपाली र भारतीय बीचको बहस सुरु भएको छ । भारतीयहरु जनकपुरलाई फिर्ता माग गर्न थालेका छन् ।

कीर्ति आजाद सन् २०१४ मा भारतीय जनता पार्टीका तर्फबाट विहारको दरभंगाबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनी दिल्लीबाट विधानसभा सदस्य समेत रहेका थिए ।

पूर्व क्रिकेटर समेत रहेका उनी विहारका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा हुन् । उनलाई भारतीय जनता पार्टीले २०१५ मा अरुण जेट्लीमाथि भ्रष्टाचारको अभियोग लगाएपछि निष्काशन गरेको थियो ।

साभार पहिलो पोस्ट

You might also like

Comments are closed.