वैशाख २८, नेपाल भ्रमणका क्रममा जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्रका अगाडि मधेसका जनता धेरै गरिब रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसकै जनताको ‘बेइज्जत’ गरेका छन् ।
मोदीको नागरिक अभिनन्दनका लागि जनकपुरका बाह्र बिघा मैदानमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस आर्थिक रुपमा अन्यन्तै पछाडि रहेको बताए । उनले मधेसका जनता तुलनात्मक रुपमा अत्यन्तै गरीब, शोषित र पीडित रहेको पनि मोदीसमक्ष ‘निवेदन’ सुनाए ।
उनले मोदीका अगाडि संविधानको बारेमा पनि विवादस्पद अभिव्यक्ति दिए । उनले संविधानलाई ‘विभेदकारी’ भन्दै संविधान र प्रादेशिक अधिकारका लागि संघर्ष जारी रहेको बताए ।
Comments are closed.