वैशाख २८, दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले शुरु गरेको नेबरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
उनले नेबरहुड फस्टका कारण आफू नेपाल भ्रमणमा आएको बताए । भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडि बढीरहेको उनले बताए । एक वर्षमा तीन स्तरको चुनाव सम्पन्न गर्नु नेपाल बधाईको पात्र रहेको बताए ।
उनले सातवटै प्रदेशमा सरकार पनि गठन भएको र यसले नेपाललाई मात्र नभएर भारतलाई पनि गर्व लागेको बताए । नेपाल सामाजिक, आर्थिक समृद्धिका लागि नयाँ चरणमा प्रवेश गरेको उनले बताए ।
‘जसरी म यहाँ पटक पटक आएको छु, त्यसरी दुई देशका जनता बेरोकटोक आउन पाउनुपर्छ ।’ उनले नेपालको राजनीतिक बुलेट छाडेर ब्यालेटमा आएको र युद्धको बाटो छाडेर बुद्धको बाटोमा लागेको प्रति खुशी पनि व्यक्त गरे ।
Comments are closed.